सबै स्थानीय तहमा चक्रपथ बनाउने जसपाको योजना (घोषणापत्र सहित)
स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक गरिएको घोषणापत्रमा प्रत्येक स्थानीय तहमा चक्रपथ बनाउने योजना अघि सारिएको छ। ‘पालिकाहरूको स्थानीय विशिष्टता अनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिनेछ,’ जसपाले भनेको छ, ‘पालिकाका केन्द्र र वार्ड केन्द्रहरू जोड्ने सडकहरू बनाइनेछन्। चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिंक रोड बनाइनेछ।’
त्यस्तै, शुद्ध खानेपानीको व्यवस्था गर्ने जसपाले प्रतिबद्धता जनाएको छ। योसँगै दुई सय लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ।