आईएमई पेको हवाई टिकटमा नयाँ छूट योजना
आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशतसम्म छूट दिने योजना ल्याएको छ।
यो योजना अन्तर्गत सर्वाधिक क्यासब्याकसँगै रु.३०० सम्म अतिरिक्त छूटको व्यवस्था रहेको कम्पनीले जनाएको छ। यससँगै हवाई टिकटमा नेपालका कैयौं रमणीय गन्तव्यको निःशुल्क टिकट प्रदान गर्ने योजना रहेको छ।
यो योजना पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडानको टिकट काट्ने सेवाग्राहीका लागि मात्र लागू हुनेछ।
अन्य प्रयोगकर्ताले भने नियमित सर्वाधिक क्यासब्याकमा आईएमई पे एप मार्फत हवाइ उडान टिकट बूक गर्न सक्नेछन्।