सानिमा ब्यांकले ल्यायो डबल धमाका मुद्दती खाता
सानिमा ब्यांकले नयाँ वर्ष २०७९ को अवसरमा ‘सानिमा डबल धमाका मुद्दती खाता’ ल्याएको छ।
न्यूनतम पाँच लाखमा मुद्दती खाता खोल्न सकिनेछ। यसमा साढे ६ वर्षमा दोब्बर प्रतिफल प्राप्त गर्न सकिनेछ। प्रतिफलमा लाग्ने कर भने ग्राहकले नै तिर्नुपर्नेछ।
व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ। यससँगै दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डको पनि व्यवस्था गरिएको छ।