यस्तो छ सत्ता गठबन्धनका दुई दलले दाबी गरेको पोखराको चुनावी गणित
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) ले जितेको पोखरा महानगरमा यस पटक सत्ता गठबन्धनका दुई वटा दलले मेयर पाउनुपर्ने अडान राखेका छन्।
महानगर र उपमहानगरहरू बाँडफाँड गर्न सोमबार बसेको सत्तारूढ दलहरूको बैठक विना निष्कर्ष टुङ्गियो। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) दुवैले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ।
सत्तारूढ दुई दलले दाबी गरिरहेको यो महानगरमा २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसी विजयी भएका थिए। त्यति वेला नेकपा (माओवादी केन्द्र) को साथ पाएको नेपाली कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा आएका थिए।
गत स्थानीय निर्वाचनमा मेयरका १० उम्मेदवारले पाएको मत
१. मानबहादुर जिसी (एमाले) ६०११८
२. रामजी कुँवर (कांग्रेस) ४६४१६
३. हुमबहादुर गुरुङ (संघीय समाजवादी फोरम) ३१७०
४. गीता गुरुङ (राप्रपा) २२७२
५. मोती गिरी (अखण्ड नेपाल) २९६
६. टेकनाथ भण्डारी (माले) २५८
७. चन्द्र खत्री क्षेत्री (राष्ट्रिय जनमोर्चा) २०६
८. अमन थापा (स्वतन्त्र) १४०
९. प्रेमकाजी गुरुङ (नेकपा संयुक्त) ८२
१०. पदमबहादुर गुरुङ (स्वतन्त्र) ७४
स्रोतः निर्वाचन आयोग