सिन्दूरमा रङ्गियो मध्यपुरथिमी (तस्वीरहरू)
भक्तपुरको मध्यपुरथिमीका बासिन्दाले शुक्रबार धूमधामसँग सिन्दूर जात्रा अर्थात् सुथः सिया मनाएका छन्।
मध्यपुरथिमीका टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराएर खट बोक्दै सिन्दूर जात्रा मनाइएको हो। एकअर्कालाई सिन्दूर दलेर धिमेमा नाच्दै यो जात्रा मनाइन्छ।
बिस्केट जात्रा मनाउने क्रममा सिन्दूर जात्रा पनि मनाइन्छ। यो जात्रा २ वैशाखमा मनाउने चलन छ।