माओवादीका वीरगञ्ज अध्यक्ष अन्सारी पार्टीबाट निष्कासित
नेकपा (माओवादी केन्द्र) वीरगन्जका अध्यक्ष रहबर अन्सारी लगायतलाई पार्टीले कारबाही गरेको छ।
स्थानीय चुनावमा धक्का पार्ने काम गरेको भन्दै अध्यक्ष अन्सारी, उपाध्यक्ष अनुरुद्र यादव र जुम्मादिन अन्सारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको माओवादी जिल्ला समिति पर्साले जनाएको छ।
स्थानीय निर्वाचन नजिकिंदै गर्दा २०७४ को चुनावमा वीरगञ्ज महानगरबाट मेयरमा उठेका अन्सारीलाई माओवादीले पार्टीबाट निकालेको हो।
माओवादी जिल्ला इन्चार्ज विजय महतो र संयोजक रामदशरथ कुशवाहाद्वारा जारी विज्ञप्तिमा अन्सारीले जिल्लाका जिम्मेवार नेताहरूलाई गालीगलौज गरेको उल्लेख छ।