वसन्त याममा ५०५ जनालाई हिमाल आरोहणको अनुमति
सगरमाथा लगायत विभिन्न हिमाल आरोहणका लागि विभिन्न देशका ५०५ आरोहीले अनुमति पाएका छन्।
पर्यटन विभागले ६१ देशका ५०५ जनालाई हिमाल आरोहणको अनुमति दिएको जनाएको छ। विभागले शुक्रबारसम्म ११६ महिला र ३८९ पुरुषलाई आरोहण अनुमति दिएको हो।
नेपालबाट ६ महिला र ३१ पुरुषले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी ९३ जना अमेरिकी आरोहीले अनुमति लिएका छन्। त्यस्तै, बेलायतबाट ४४ जनाले आरोहणका लागि अनुमति पाएका छन्।
यसैगरी, रुसका १६ जनाले आरोहणको अनुमति पाएका छन्। उनीहरूमध्ये पाँच महिला र ११ पुरुष छन्।
