एनएमबी ब्यांक र दराजबीच सम्झौता
एनएमबी ब्यांक लिमिटेडले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
ब्यांंकका ग्राहकले दराजमार्फत अनलाइन सामान खरीद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौतापत्रमा ब्यांकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।
ब्यांकको कार्ड प्रयोगकर्ताले नयाँ वर्षको अवसरमा २८ चैतदेखि सिमित समयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन्।