इलामबजार र कञ्चनबारीमा ज्योति विकास ब्यांकको शाखा
ज्योति विकास ब्यांकले इलाम बजार र कञ्चनबारीमा दुई नयाँ शाखाको खोलेको छ।
इलामको इलाम नगरपालिका–७ इलामबजार र मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा शाखा खोलेको हो। शाखा कार्यालयको ब्यांकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका छन्।
यसअघि ब्यांकले लमजुङको बेसीशहरमा नयाँ शाखा सञ्चालन गरेको थियो। नयाँ शाखाहरूबाट सबै सेवा प्रदान गरिने ब्यांकले जनाएको छ।