दलहरूलाई आयोगको ६५ बुँदे निर्देशन, स्थानीय चुनावमा के गर्न हुन्छ, के गर्नु हुँदैन?
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूलाई ६५ बुँदे निर्देशन दिएको छ।
आयोगले मंगलबार दलहरूलाई आचारसंहिता कार्यान्वयनमा लिखित प्रतिबद्धता जनाउन लगाए लगत्तै यस्तो निर्देशन जारी गरेको हो।
निर्देशनमा उम्मेदवारले चुनावमा खर्च गर्दा ब्याङ्क तथा वित्तीय संस्थाबाटै गर्नुपर्ने र २५ हजारभन्दा बढी आर्थिक सहयोग वित्तीय संस्थाबाटै लिनुपर्ने उल्लेख छ।
एकभन्दा बढी दल, उम्मेदवार वा भ्रातृ संगठनले एकै स्थानमा एकै पटक गर्न नपाइने, जुलूस, आमसभा तथा प्रचार-प्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने निर्देशनमा उल्लेख छ।
प्रचार-प्रसार गर्दा दल वा उम्मेदवारको झण्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, टिसर्ट, ज्याकेट, गम्छा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ।