नेपालले पपुवा न्यूगिनीलाई दियो १६९ रनको लक्ष्य
दीपेन्द्रसिंह ऐरी र करण केसीले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले पपुवा न्यूगिनीलाई १६९ रनको लक्ष्य दिएको छ।
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो। नेपालका ऐरी र केसीले अन्तिम चार ओभरमा ५४ रन जोडे।
ऐरीले ३८ बलमा पाँच चौकाको मद्दतले ५४ रन बनाए। केसीले १३ बलमा एक चौका र एक छक्काको मद्दतले ३३ रन बनाए।
त्यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहम्मद आदिल आलमले १५ रन बनाए।
पपुवा न्यूगिनीका लागि सेमो कमियाले तीन, चाड सोपर, कबुआ मोइया र रिले हेकुरले एक-एक विकेट लिए।