दीपेन्द्रले बनाए १००० रनको कीर्तिमान
युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पपुवा न्यूगिनी विरुद्धको खेलमा उनले १००० रनको कोशेढुङ्गा पार गरेका हुन्। उनी टी-२० मा १००० रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।
आजको खेलमा २१ रन जोडेसँगै उनको नाममा नयाँ कीर्तिमान बनेको हो। यसअघि उनले ३८ खेलमा ९७९ रन बनाएका थिए। उनी नेपालका तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।
दोस्रो नम्बरमा पारश खड्का छन्। उनले ३२ खेलमा ७७८ रन बनाएका छन्। त्यस्तै, तेस्रो नम्बरमा रहेका ज्ञानेन्द्र मल्लले ३४ खेलमा ७४८ रन बनाएका छन्।