गाडी भाडा बढ्यो, कुन रूटमा कति?
सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडादर बढाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर बढाएको हो। आइतबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर समायोजन गरिएको विभागले जनाएको छ।
सार्वजनिक यातायात सञ्चालनका १३ वटा सूचकका आधारमा भाडा समायोजन सम्बन्धी समितिले दिएको प्रतिवेदनका आधारमा भाडादर समायोजन गरिएको विभागको भनाइ छ। विभागले यात्रुवाहक साधनमा १० प्रतिशत भाडा बढाएको छ।
त्यस्तै, मालवाहक सवारी साधनको पनि पहाडी र तराईमा भाडादर बढाएको छ। पहाडी रूटमा १३ प्रतिशत र तराईका रूटमा १५ प्रतिशत भाडा बढेको छ।
यस्तो देशका विभिन्न रुटको भाडा: