तस्वीरमा रमजानको नमाज
इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व रमजान आजबाट प्रारम्भ भएको छ। आज बिहानैदेखि मस्जिदमा नमाज (प्रार्थना) गर्दै रमजानको शुरूआत गरिएको छ।
काठमाडौंको जामे मस्जिदमा पनि बिहानैदेखि इस्लाम धर्मावलम्बी भेला भएका छन्। उनीहरूले रमजानको पहिलो दिन जामे मस्जिदमा बिताएका छन्।
रमजान पर्व एक महीनासम्म चल्छ। यो अवधिमा सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म पानी पनि पिउने गरिंदैन। यसरी निराहार बस्नुलाई रोजा भनिन्छ। शुद्ध भएर रोजा बस्ने गरिन्छ। रमजानको अवधिमा गरीब तथा असहायलाई सहयोग गर्ने प्रचलन छ।