प्रधानमन्त्री देउवा बनारसमा
प्रधानमन्त्री शेरबहादुर देउवा हिन्दूहरूको पवित्र धार्मिकस्थल भारतको बनारस पुगेका छन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आइतबार बिहान बनारस पुगेका हुन्। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका छन्।
तीनदिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नेछन् भने ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम छ।
बनारसबाट आज अपराह्न ४ बजे दिल्ली फर्किनेछन्। दिल्लीबाट आजै ४ः१५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।