पञ्चेश्वर ‘गेम चेन्जर’ परियोजना हो, तीव्र गतिमा अगाडि बढाउँछौं: मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ‘गेम चेन्जर’ भएकाले तीव्र गतिमा अगाडि बढाइने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने विषयमा छलफल भएको हो। देउवा र मोदीबीच भएको छलफलमा विभिन्न योजनाका विषयमा चर्चा भएको छ।
दुवै देशका प्रधानमन्त्रीबीचको छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजना महत्त्वपूर्ण भएको बताए। “पञ्चेश्वर गेम चेन्जर परियोजना हो, यसलाई तीव्र गतिमा अगाडि बढाउँछौं,” मोदीले भने।
पञ्चेश्वर परियोजना यस क्षेत्रकै गेम चेन्जर परियोजना भएको उनको भनाइ थियो। “पञ्चेश्वर परियोजना यो क्षेत्रको विकासका लागि गेम चेन्जर हुनेछ,” मोदीले भने, “पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउने विषयमा जोड दिएका छौं।”
भारतीय प्रधानमन्त्री मोदीले यससँगै ऊर्जा क्षेत्रका अन्य परियोजनामा पनि मिलेर काम गर्ने विषयमा सहमति भएको बताए।