पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने
भारतबाट पेट्रोलिमय पदार्थको मूल्य बढेर आएसँगै नेपालमा पनि फेरि मूल्य बढ्ने भएको छ।
भारतीय आयल निगमले १८ चैतमा पठाएको नयाँ मूल्यसूचीमा केही थपघट देखिएको छ। नेपाल आयल निगमका अनुसार, नयाँ मूल्यसूचीमा प्रति लिटर डिजेलमा दुई पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा चार रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ।
पेट्रोलको मूल्य भने केही घटेर आएको छ। प्रति लिटर एक रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ।
नयाँ मूल्यसूची अनुसार, निगमलेलाई आगामी १५ दिनमा पाँच अर्ब २१ करोड घाटा लाग्ने सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार, पछिल्लो मूल्यसूची अनुसार समायोजन नगर्दा निगमलाई प्रति महीना १० अर्ब हाराहारीमा घाटा हुने देखिएको छ।