मूल्य नबढ्दै पेट्रोल पम्पमा लाइन (तस्वीरहरू)
पेट्रोलियम पदार्थको मूल्य नबढ्दै शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा लाइन लागेको छ।
भारतबाट १८ चैतमा आएको नयाँ मूल्यसूचीमा केही थपघट देखिएको छ। नेपाल आयल निगमका अनुसार, नयाँ मूल्यसूचीमा प्रति लिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा चार रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ। पेट्रोलमा भने एक रुपैयाँ ४८ पैसा घटेर आएको छ। निगमले भने अझै मूल्यमा थपघट गरेको छैन।
तर, पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ। निगमले कमिशन कटौती गरेपछि व्यवसायीहरूले शुक्रबार रातिदेखि ढुवानी बन्द गरेका छन्। जसले गर्दा शनिबार बिहानैदेखि पेट्रोल पम्पमा तेल भर्न सवारी साधनको लाइन लागेको हो।