तस्वीरमा हेर्नुहोस् नेपालको जित
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत बिहीबारको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गरेको छ।
नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनी १६६ रनमै समेटियो। नेपालका लागि करण केसीले पाँच विकेट लिएर कीर्तिमान कायम गरे।
यो जितसँगै नेपाल त्रिदेशीय शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।