लक्ष्मी र आईसीआईसीआई ब्यांकबीच सम्झौता
लक्ष्मी ब्यांक लिमिटेड र भारतको आईसीआईसीआई ब्यांक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्र विस्तार गर्ने सम्झौता भएको छ।
बिहीबार लक्ष्मी ब्यांकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आईसीआईसीआई ब्यांकका नेपालका लागि प्रमुख प्रतिनिधि रञ्जनकुमार थापाले सम्झौतापत्र आदानप्रदान गरेका छन्।
यो सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर-ब्यांक भुक्तानीसँगै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने जनाइएको छ।
यससँगै दुई ब्यांंकबीच मानव संशाधन, प्रविधि र सञ्चालन लगायत विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।