ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने
स्थानीय तहको चुनावमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने भएका छन्।
निर्वाचन आयोगले बुधबार स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्ति गर्नुपर्ने स्वघोषणा सम्बन्धी १९ बुँदे व्यवस्था सार्वजनिक गरेको छ। जसमा ठेक्कापट्टामा संलग्न व्यक्तिले उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
आयोगले भनेको छ, ‘नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ।’

