नेपाललाई मलेशियाले दियो ११५ रनको लक्ष्य
त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा मलेशियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेशियाले आठ विकेटको क्षतिमा ११४ रन बनाएको छ। मलेशियाका लागि जुवैदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सयेद अजिजले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन्।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।