कुन जिल्लामा चुनाव लड्ने कति दल?
आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लामा चुनाव लड्ने दलको सङ्ख्या तय भएको छ।
निर्वाचन आयोगले गरेको आह्वान अनुसार जिल्ला स्तरमा चुनाव लड्ने प्रयोजनका लागि दर्ता भएका दलको सङ्ख्या टुङ्गो लागेको हो। आयोगले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्ने दलको सङ्ख्या ७९ भएको जनाएको छ।
राष्ट्रिय मान्यता प्राप्तसँगै ७९ दलले आगामी निर्वाचनमा भाग लिंदै छन्। जसमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ७३ वटा अन्य दल छन्। उनीहरूले आफ्नो चिह्नमा चुनाव लड्न पाउनेछन्।
दलहरूले दिएको निवेदन अनुसार, फरक फरक जिल्लामा फरक फरक मत्रपत्र बन्ने भएको छ। केन्द्रमा दर्ता भएका ७९ दलमध्ये काठमाडौंमा सबैभन्दा बढी ४० दलले प्रतिस्पर्धा गर्ने भएका छन्।
त्यस्तै, सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा पाँच-पाँच दलले प्रतिस्पर्धा गर्नेछन्।
