एकै दिन एभरेस्ट ब्यांकका तीन शाखा उद्घाटन
एभरेस्ट ब्यांक लिमिटेडले एकै दिन तीन शाखा उद्घाटन गरेको छ।
ब्यांकले काठमाडौंको जमल, महाराजगञ्ज र जरङ्खुमा नयाँ शाखा सञ्चालन गरेको हो। जमल शाखाको ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र राष्ट्रिय नाचघरका महाप्रबन्धक अशोककुमार राईले उद्घाटन गरेका छन्।
त्यस्तै, महाराजगञ्ज शाखाको ब्यांकका प्रमुख कार्यकारी अधिकृत खालिङ र काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष मोहनबहादुर विष्टले उद्घाटन गरेका हुन्। जरङ्खु शाखाको ब्यांकका सञ्चालक डा. बाल गोपाल वैद्य र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
यीसँगै देशैभर ११५ शाखा भएका छन्। त्यस्तै, १४८ एटीएम सहित मोबाइल र इन्टरनेट सुविधा प्रदान गरिंदै आएको ब्यांकले जनाएको छ।