ग्लोबल आईएमई ब्यांकको क्यालेन्डरमा मिथिला चित्रकला
ग्लोबल आईएमई ब्यांकले मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ।
ब्यांक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ब्यांंक सञ्चालक तथा उच्च अधिकारीले संयुक्त रूपमा आगामी वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक गरेका हुन्। ग्लोबल आईएमई ब्यांकले बर्सेनि आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिंदै आएको छ।
नयाँ क्यालेन्डर मार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्ने अध्यक्ष ढकालले बताए। मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई ब्यांंक लागेको उनको भनाइ थियो।
साढे तीन दशकदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए।