ब्याटिङ चम्किँदा नेपालले दियो १८४ रनको लक्ष्य
त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १८४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १८३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले ४३, रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्ले ११ रन बनाए।
पपुवा न्यूगिनीका लागि अलेई नाव र चार्ल्स अमिनी र चाड सोपरले दुई–दुई तथा नर्मन भनुवा र रिले ह्याकुरले एक–एक विकेट लिए।