सन्दीप लामिछानेले बनाए कीर्तिमान
राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले छिटो ५० विकेट लिने कीर्तिमान बनाएका छन्।
शुक्रबार पपुवा न्यूगिनी विरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले कीर्तिमान बनाएका हुन्। उनी सबैभन्दा छिटो ५० विकेट लिने संसारकै दोस्रो खेलाडी बनेका छन्।
सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीमा श्रीलंकाका अजन्था मेन्डिस छन्। उनले १२ जनवरी २००९ मा १९ खेलमै ५० विकेट पुर्याएका थिए।
चार्ल्स अमिनीको विकेट लिएसँगै आफ्गानिस्तानका रसिद खानलाई पछि पार्दै लामिछाने छिटो ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन्। उनले २२ खेलमा ५० विकेट लिएका हुन्।
खानले २५ मार्च २०१८ मा ४४ खेलमा ५० विकेट लिँदै यो कीर्तिमान बनाएका थिए।
योसँगै लामिछाने ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।
नेपालका लागि ओडीआईमा सबैभन्दा बढी विकेट लिने सूचीको दोस्रो नम्बरमा सोमपाल कामी छन्। उनले १८ खेलमा ३० विकेट लिएका छन्।
त्यस्तै, तेस्रो नम्बरमा करन केसी छन्। उनले १८ खेलमा २७ विकेट लिएका छन्।