दीपेन्द्र बने शतक बनाउने तेस्रो खेलाडी
युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन्।
पपुवा न्यूगिनीसँगको खेलमा शुक्रबार ऐरीले शतक बनाएका हुन्। यो उनको पहिलो शतक हो। उनले १३६ बलमा शतक बनाएका हुन्।
यसअघि नेपालका लागि पारस खड्का र रोहित पौडेलले शतक बनाएका थिए। खड्काले २८ जनवरी २०१९ मा यूएई विरुद्ध १०९ बलमा ११५ रन बनाएका थिए। उनी शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका थिए।
पौडेलले शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी विरुद्ध शतक बनाएका हुन्। उनले सात चौका र चार छक्काको मद्दतले १०७ बलमा १२६ रन बनाएका थिए।
आज ऐरीले १४० बलमा १०५ रन बनाएका छन्। जसमा सात चौका सामेल छन्। यो उनको व्यक्तिगत सबैभन्दा उच्च स्कोर हो।
ऐरीले अहलेसम्म १६ ओडीआई खेलका छन्। जसमा २९१ रन बनाएका छन्।
टी-२० मा भने उनले ३४ खेलमा ७७८ रन बनाइसकेका छन्। जसमा तीन वटा अर्धशतक सामेल छन्।