ओडीआईमा दीपेन्द्रको पहिलो अर्धशतक
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले पहिलो अर्धशतक प्रहार गरेका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्यूगिनीसँगको खेलमा ऐरीले अर्धशतक प्रहार गरेका हुन्। उनले ८४ बलमा अर्धशतक बनाएका हुन्।
यो उनको १६औं ओडीआई हो। यसअघि उनले सबैभन्दा बढी ४० रन बनाएका थिए। टी–२० क्रिकेटमा भने उनले व्यक्तिगत रूपमा सबैभन्दा बढी ८३ रन बनाएका छन्।
यससँगै उनको ओडीआईमा २०० रन पूरा भएको छ। यसअघि १५ खेलमा १८६ रन बनाएका थिए।