दोस्रो ओडीआईमा पनि नेपालको खराब शुरूआत
पपुवा न्यूगिनीसँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खराब शुरूआत गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले पाँच ओभरमा दुई विकेट गुमाएर १५ रन बनाएको छ। नेपालका प्रारम्भिक ब्याटर कुशल भुर्तेल शून्यमा र अनिल साह एक रनमा आउट भएका छन्।
नेपालले पहिलो ओभरको पहिलो बलमै भुर्तेललाई गुमाएको हो। त्यस्तै, तेस्रो ओभरको पहिलो बलमा साह आउट भएका हुन्।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो। पपुवा न्यूगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २८६ रन मात्रै बनाएको थियो।