रोहित पौडेलको पहिलो शतक
पपुवा न्यूगिनीसँगको एकदिवसीय खेलमा युवा क्रिकेटर रोहित पौडेलले शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पौडेलले ९१ बलमा शतक प्रहार गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो उनको पहिलो शतक हो।
योसँगै नेपालका लागि एकदिवसीय खेलमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन्। यसअघि पारस खड्काले शतक बनाएका थिए।
पौडेलले नेपालका लागि १०७ बलमा १२६ रन बनाए। जसमा उनले चार छक्का र सात चौका प्रहार गरे।
उनी नेपालका लागि एउटा इनिङमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान खड्काका नाममा थियो। उनले युएई विरुद्ध ११५ रन बनाएका थिए।