नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा
फोर्स मोटर्स नेपालले नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्री शुरू गरेको छ।
शुक्रबारदेखि यसको बिक्री शुरू भएको फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए। उनले भने, “यो नेपालको बाटोमा अन्त्यन्त उपयुक्त छ।”
लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन फराकिलो र आरामदायी रहेको छ। “ग्राउन्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ,” थापाले भने।
मर्सिडिज निर्मित २६०० सिसी इन्जिन जडित गुर्खा तीन अङ्कको गतिमा राजमार्गमा पौडिन सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने क्षमता रहेको जनाइएको छ। यो विभिन्न पाँच वटा रङमा उपलब्ध छ।