नेपालले पायो २९३ रनको लक्ष्य
पपुवा न्यूगिनीसँगको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले २९३ रनको लक्ष्य पाएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आठ विकेटको क्षतिमा २९२ रन बनाएको छ। पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनी र असद भलाले अर्धशतक प्रहार गरेका छन्। अमिनीले ७७ र भलाले ६० रन बनाए।
त्यस्तै, पपुवा न्यूगिनीका लागि नर्मल भनुआले ४७, टोली उराले ३८, रिले हेकुरले ३१ र जसुन किलाले १३ रन बनाए। पपुवा न्यूगिनीले २० अतिरिक्त रन पाएको छ।
नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र प्रदीपसिंह ऐरीले दुई–दुई विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र पवन सर्राफले एक–एक विकेट लिए।