तीन शहरमा वर्ल्डलिङ्क कार्निभल
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही निर्मल पुर्जाको उपस्थितिमा तीन शहरमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको छ।
वर्ल्डलिङ्कले १० चैतमा चितवनमा तथा १२ चैतमा पोखरा र काठमाडौंमा कन्सर्ट आयोजना गर्ने जनाएको छ। चितवनको नारायणी नदी किनारमा अपराह्न ४ः३० बजेदेखि कन्सर्ट हुने भएको छ।
वर्ल्डलिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रममा पुर्जाको डकुमेन्ट्र १४ पिक्स पनि प्रदर्शन गरिने भएको छ। चितवनमा राजु लामा, स्वप्निल शर्माको प्रस्तुति रहनेछ।
त्यस्तै, १२ चैतमा पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट आयोजना हुनेछ। काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ।
पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुति, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्यूको नृत्य समावेश हुने जनाइएको छ। कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।