सिराहाको मिर्चैयामा सानिमा ब्यांकको शाखा
सानिमा ब्यांंक लिमिटेडले सिराहाको मिर्चैयामा शाखा स्थापना गरेको छ।
ब्यांकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शाखाको उद्घाटन गरेका छन्। योसँगै ब्यांकका सातै प्रदेशमा १२५ कार्यालय पुगेका छन्। ब्यांकले ११४ वटा एटीएम सञ्चालन गरिरहेको छ।
उद्घाटन समारोहमा बोल्दै श्रेष्ठ र आचार्यले ब्यांकलाई बधाई दिए। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत पाण्डेले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।