स्थानीय निर्वाचन तालिका सार्वजनिक, १७ वैशाखमा उम्मेदवारले चुनाव चिह्न पाउने
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ।
१७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।
आयोगले २७ वैशाख राति १२ बजेपछि मौन अवधि शुरू हुने जनाएको छ। मतदान हुनु ४८ घण्टा अगाडि मौन अवधि शुरू हुन्छ।