देशैभर आईएमईको मेगा सर्भिस क्याम्प
आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैन्डले देशैभरि ‘मेगा सर्भिस क्याम्प–२०२२’ शुरू गरेको छ।
देशका विभिन्न स्थानमा रहेका १५ सर्भिस सेन्टरमा लागू हुने गरी क्याम्प सञ्चालन गरिएको कम्पनीले जनाएको छ। आईएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ लगायतले क्याम्पको उद्घाटन गरेका छन्।
यस योजना अन्तर्गत पार्ट्समा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म र लेबर चार्जमा ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ। यससँगै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यस्तै, ग्राहकले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्री गाडी वासिङ, फ्री टी-सर्ट, १ लिटरसम्म फ्री इन्जिन आयल र कुलेन्ट टप–अप पाउने व्यवस्था गरिएको छ। अशोक लेलैन्डका बस, ट्रक, टिपर तथा साना कमर्सियल भेहिकलका कुनै पनि मोडलका गाडीमा यो अफर लागू हुनेछ। यो योजना ११ चैतसम्म सञ्चालन हुनेछ।