उखु किसानलाई एनएमबि ब्यांंकको सहुलियत कर्जा
एनएमबि ब्यांंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ।
ब्यांकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै मधेश प्रदेशका १५६ उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो।
उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले ब्यांकले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो।
सम्झौता अनुसार, चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको ब्यांकले जनाएको छ।