स्थानीय चुनावमा कुन पदका उम्मेदवारले कति खर्च गर्न पाउने? (सूची सहित)
निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारले अधिकतम खर्च गर्न पाउने सीमा तोकेको छ।
३० वैशाखमा हुने स्थानीय चुनावमा महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम सात लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भएका छन्। त्यस्तै उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले पाँच लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्।
यस्तै, नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्। जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजारसम्म खर्च गर्न पाउनेछन्।
वडाध्यक्षका उम्मेदवारले भने महानगरपालिकामा तीन लाख, उपमहानगरपालिकामा दुई लाख ५० हजार, नगरपालिकामा दुई लाख, गाउँपालिकामा एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले जनाएको छ।