अर्थशास्त्री शर्मा भारतका लागि राजदूत नियुक्त
अर्थशास्त्री शंकरप्रसाद शर्मा भारतका लागि राजदूत नियुक्त भएका छन्।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत नियुक्त गर्न सिफारिश गरेको थियो। बेलायतका लागि आचार्य र अमेरिकाका लागि खत्री यसअघि नै राजदूत नियुक्त भइसकेका छन्।