म्यादी प्रहरीमा भर्ना हुन युवाको भीड (तस्वीरहरू)
म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन युवाको देशैभरका प्रहरी कार्यालयमा आइतबार बिहानैदेखि भीड लागेको छ।
सरकारले आगामी स्थानीय तहको चुनावका लागि आजदेखि म्यादी प्रहरीमा आवेदन खोलेको छ। ११ चैतसम्म आवेदन दिन सकिनेछ।
त्यसपछि छनोट प्रक्रिया शुरू हुनेछ। देशका ७७ वटै जिल्लामा १८ देखि ५४ वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन्।
यस पटक एक लाख म्यादी प्रहरी भर्ना गर्न लागिएका छन्। ४० दिने म्यादी प्रहरीले एकमुष्ट ३० हजार २४० रुपैयाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै, पोशाक बापत ६ हजार, राशन बापत सात हजार २०० र एक पटकका लागि सवारी खर्च बापत एक हजार पाउनेछन्।
टेकुस्थित महानगरीय प्रहरी वृतका केही दृश्य: