संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य, ४२ विधेयक अलपत्र
संघीय संसद्को दशौं अधिवेशन अन्त्य भएको छ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन्। २८ मंसीरदेखि शुरू भएको अधिवेशनमा जम्मा सात घण्टा ५० मिनेट संसदीय काम-कारबाही भएको संसद् सचिवालयले जनाएको छ।
अधिवेशन अन्त्यसँगै नागरिकता लगायत ४२ वटा विधेयक अलपत्र परेका छन्।