सेल्सबेरीको ‘मेड इन नेपाल अभियान’ सम्पन्न
सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको ‘मेड इन नेपाल अभियान’ सम्पन्न भएको छ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रधिस्पर्धा गर्न सकोस् भनेर सञ्चालन गरिएको अभियान ३० फागुनमा सम्पन्न भएको हो।
१ माघबाट शुरू यो अभियानले नेपाली उत्पादन तथा उपभोक्तामा सकारात्मक सन्देश प्रवाह गरेको कम्पनीले जनाएको छ। यस्तो अभियानले देशको व्यापारघाटा कम गर्न मद्दत पुग्ने सेल्सबेरीले जनाएको छ।