होन्डाको ‘एक्स्चेन्ज क्याम्प’
होन्डा कम्पनीको बाइक तथा स्कूटर ‘एक्सचेन्ज क्याम्प’ १७ चैतसम्म सञ्चालन हुने भएको छ।
नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले काठमाडौं उपत्यकामा २२ फाल्गुनदेखि बाइक तथा स्कूटरको एक्सचेन्ज क्याम्प शुरू गरेको हो।
एक्सचेन्ज अवधिमा कुनै पनि ब्रान्डको बाइक तथा स्कूटर एक्सचेन्ज गरी होन्डाको बाइक वा स्कूटर लिन सक्ने कम्पनीले जनाएको छ। प्रचलित बजार मूल्यभन्दा रु.सात हजार अतिरिक्त एक्सचेन्ज बोनस समेत प्राप्त गर्ने कम्पनीको दाबी छ।