महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरिँदै
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेश हुने भएको छ।
सांसद देव गुरूङले महाअभियोग प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले बताए। केही बेरअघि बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको कार्यसूची तय गरेको हो।