फोक्सवागनको ‘टाइगुन’ बजारमा
फोक्सवागन कम्पनीको टाइगुन गाडी नेपाली बजारमा आएको छ।
विराटनगर–६ मुनालपथस्थित पूजा इन्टरनेशनल नेपाल प्रालिले फोक्सवागनको टाइगुन गाडी बजारमा ल्याएको हो। जर्मन कम्पनीको अत्याधुनिक उपकरण जडान गरिएको टाइगुन गाडीमा टीएसआई इन्जिन रहेको छ।
फुल ग्याबनाइज बढी, पुसस्टार्टर बटन, सनरुफ, भेन्टिलेटेड सिट, एलईडी प्रोजेक्टर हेडल्याम्प, इन्फिनिटी टेल ल्याम्प, ६ वटा एयर ब्याग, एबीएस, ईबीडी, ईएसपी, मल्टिकोलिजन ब्रेकिङ सिस्टम लगायतका विशेषता रहेको कम्पनीका सीईओ विवेक बिजुक्छेले बताए। नयाँ गाडी लन्च भएको अवसर पारेर विभिन्न छुटको व्यवस्था गरिएको उनले जानकारी दिए।
फोक्सवागन टाइगुन- कम्फ्रोट लाइन, हाइलाइन र टपलाइन रहेको छ। जसको बजार मूल्य ५१ लाख ९० हजार, ६५ लाख ९० हजार र ७२ लाख ९० हजार रुपैयाँ छ। यसमा एक लाखदेखि तीन लाखसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।