ग्लोबल आईएमई र कामना सेवा ब्यांकबीच समझदारी
ग्लोबल आईएमई ब्यांक लिमिटेड र कामना सेवा विकास ब्यांक लिमिटेडबीच कामनाका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित ब्यांकिङ्ग सुविधा उपलब्ध गराउने समझदारी भएको छ।
समझदारी पत्रमा ग्लोबल आईएमई ब्यांंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास ब्यांकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार ग्लोबल आईएमई ब्यांकले कामना सेवा विकास ब्यांकका ग्राहकलाई गैर कोषमा आधारित एलसी, ब्यांक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन ब्यांकिङ जस्ता सुविधा उपलब्ध गराउनेछ।
ग्लोबल आईएमई ब्यांकले देशभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित ब्यांंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ।
त्यस्तै, कामना सेवा विकास ब्यांंकले देशभर रहेका आफ्ना १३२ वटा शाखा, १ विस्तारित काउन्टर, ४ वटा शाखा रहित ब्यांकिङ सेवा तथा ७७ वटाबाट सेवा प्रदान गरिरहेको छ।