यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय
सरकारले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका समस्या समाधान गर्न उच्च स्तरीय समिति गठन गर्ने लगायत विभिन्न निर्णय गरेको छ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय जनप्रतिनिधिको सहभागितामा उच्च स्तरीय समिति गठन गरिने बताए। यससँगै तत्काल आइपर्ने समस्या समाधानका लागि ‘र्यापिड एक्शन टास्क फोर्स’ गठन गर्ने निर्णय भएको बताए।
त्यस्तै, २६ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। उनी सुर्खेतका बासिन्दा हुन्।