विदेशबाट आउँदा खोप कार्ड देखाउनुपर्ने
कोभिड-१९ को संक्रमण कम हुन थालेपछि सरकारले लगाएको प्रतिबन्ध खुकुलो बनाउदै लगेको छ।
अध्यागमण विभागले यसअघिका प्रतिबन्ध खारेज गर्दै हवाइ तथा स्थलमार्ग भइ विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्नेले ७२ घण्टाभित्र गरेको कोभिड-१९ को नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्नेछ।
विभागका निर्देशक मुकेशकुमार केशरीले जारी गरेको सूचनामा यसअघि कोडिभ–१९ सम्बन्धी जारी सबै सूचना खारेज गरिएको जनाएको छ। यससँगै नेपालबाट अन्य मुलुक जाँदा सम्बन्धित मुलुकले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।