एनसीसी ब्यांक र नारायणी अस्पतालबीच सम्झौता
नेपाल क्रेडिट एन्ड कमर्श ब्यांक (एनसीसी) र चितवनको भरतपुरस्थित नारायणी सामुदयिक अस्पतालबीच सम्झौता भएको छ।
यस सम्झौता अन्तर्गत ब्यांकको भिजा कार्ड प्रयोगकर्ता, मोबाइल ब्यांकिङ चलाउने ग्राहक र ब्यांकका कर्मचारीले नारायणी सामुदयिक अस्पतालमा ब्यांकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल ब्यांकिङ मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरू (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छूट पाउनेछन्।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी ब्यांकका सातै प्रदेशमा १३७ शाखा, १३ एक्सटेन्सन काउन्टर र ११४ एटीएम छन्।